Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राई नेतृत्वको जसपाले लियो दल दर्ताको प्रमाणपत्र


  • काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले दल दर्ताको प्रमाणपत्र लिएको छ।


निर्वाचन आयोगले आइतबार साँझ अध्यक्ष राईलाई दल दर्ताको प्रमाण पत्र हस्तान्तरण गरेको हो।

निर्वाचन आयोगका आयुक्तहरूको आइतबार बसेको बैठकले जसपालाई दलको मान्यता दिएको छ।

जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले दल दर्ताको मान्यता दिएको हो।

राईले आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि निवदेन दिएका थिए।

राई नेतृत्वको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077