Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्साबाट ३६ केजी गाँजासहित तीन जना पक्राउ

हेटौंडा । नेपाली सेनाले ३६ केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-३ का २३ वर्षीय राजेन्द्र घिसिङ,२७ वर्षीय बिवेक चेपाङ र हेटौंडा उपमहानगरपालिका—१८ का २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले उनीहरुलाई मनहरी गाउँपालिका-७ माइड्रगा खोलानजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना र बरामद गरिएको गाँजा पर्सा राष्ट्रिय निकुञ्जले इलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077