Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुन तस्करीका नाइके दावाको होटेलमा सीआईबीले हान्यो छापा

काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङको लगानी रहेको होटेल भियनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ ।

छिरिङको लगानी रहेको होटेल भियनामा हुण्डी कारोबार भएको आशंकामा सीआईबीले आज छापा मारेको हो।

हुण्डी रकमसहित केही व्यक्तिलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो।

सुन तस्करी प्रकरणमा हाल पुर्पक्षमा थुनामा रहेका दावाकी श्रीमती अमला रोकाको नाममा उक्त होटल दर्ता रहेको छ ।

दावा लामो समयदेखि नेपाली महिलासँग बिहे गरी नेपालमा बस्दै आएका थिए।

व्यवसायको आवरणमा उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सुन तस्करी मुद्दामा हाल दावा पुर्पक्षका लागि थुनामा छन्।

रोकासहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै ६० किलो सुन तस्करी प्रकरणमा मुद्दा दर्ता गरिएको थियो ।

फरार रोकाविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077