Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रक्सौलबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

वीरगन्ज । प्रहरीले रक्सौल नाकाको मितेरी पुलबाट दुई थान अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

भारतीय सीमा सुरक्षा बलले मितेरी पुलबाट सोमबार नवलपरासीको रजहरका २५ वर्षीय मनोज महर्जनलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो।

उनको साथबाट मेड इन युएसए लेखिएको ९ एममको पेस्तोल १ थान र मेड इन जर्मनी लेखिएको ९ एमएमकै पेस्तोल १ थान तथा १ थान म्याग्जिन बरामद गरिएको छ।

दुई थान अटोमेटिक पेस्तोल र एक थान म्याग्जिनसहित महर्जनलाई पक्राउ गरिए पनि उनको साथमा रहेका नवलपरासीकै विवेक मल्ल ठकुरी भने फरार रहेका छन् ।

सूचनाका आधारमा सोमबार मितेरी पुलमा खटिएको एसएसबीले दुई जना नेपाली शंकास्पद अवस्थामा हिँड्दै रक्सौलतर्फ जाँदै गरेको अवस्थामा रोकेर जाँच गर्न खोज्दा महर्जन र ठकुरी डंकन हस्पिटल रोड तर्फ भागेका थिए।

त्यसक्रममा उनीहरुले आफूसँग रहेको हतियार सडक छेउको झाडीमा फालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077