Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजीलाई हराउँदै डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै डर्टमन्ड उपाधि नजिक पुगेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो । पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले ५० मिनेटमा निर्णायक गोल गरे।

यसअघि पहिलो लेगमा पनि डर्टमन्डले फ्रेन्च क्लब पिएसजीलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077