Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा अध्यक्ष यादवले भने - अतृप्त आत्माहरूलाई एकट्ठा गरेर पार्टी बन्दैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूमाथि कुरा नसुनेको र पद नदिएको भन्ने आरोप निराधार भएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले आफूमाथि पार्टीका अन्य व्यक्तिलाई सांसद र मन्त्री दिएन भन्ने निराधार आरोप लगाइएको बताएका हुन्।

अध्यक्ष यादवले भने,'पार्टीमा केही बोलेका छैनन्। मिडियामा पनि आएको छैन। के सुन्ने हो । म नभएको बेला कुरा कसले सुन्दिनेरु कार्यबाहक अध्यक्ष दिएर गएका उहाँले पो अरूले सुन्ने, हल गर्ने त।'

पार्टीका नेताहरूलाई आफूले सांसद र मन्त्री पनि बनाइदिएको यादवले बताए। अध्यक्ष यादवले मान्छेको महत्वकांक्षा र व्यक्तिगत स्वार्थ कहिल्यै पूरा गर्न नसकिने बताए।

अतृप्त आत्माहरूलाई एकट्ठा गरेर पार्टी नबन्ने अध्यक्ष यादवको भनाई छ ।अध्यक्ष यादवले निर्वाचन आयोगमा गराइएको पार्टी दर्ता गलत रहेको बताउँदै त्यसको कानुनी रूपमा प्रतिवाद गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077