Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बसबाट खसेर चार वर्षीया बालिकाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरीमा बसबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलमा यात्रुवाहक बसबाट खसेर ४ वर्षीया बालिकाको मृत्यु भएको हो ।

बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा महांकाल गाउँपालिका वडा नम्बर ६ ठूलादुर्लुङकी ४ वर्षीया आर्या सन्जेल खसेकी थिइन्।

दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारका क्रममा बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077