Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फेरि फुट्यो उपेन्द्र नेतृत्वको जसपा नेपाल

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर फेरि  नयाँ दल बनेको छ।

उपेन्द्र नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईले जसपा दर्ता गरेपछि तेस्रो धार पनि निस्किएको हो।

जसपा नेपालबाट विभाजित भई महेन्द्र लावती नेतृत्वमा पहिचानवादी मोर्चा घोषणा भएको छ।

उनीहरूले केही वर्षअघि संघीय लिम्बुवानलाई जसपा नेपालमा मिसाएका थिए।

गत आइतबार जसपा नेपालबाट अशोक राईसहित सात जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी गठन भएको थियो।

गत सोमबार निर्वाचन आयोगले जनता समाजवादीलाई मान्यता दिएको थियो।

पार्टी विभाजनबाट असन्तुष्ट रहेको लावतीलगायतले बिहीबार पहिचानवादी मोर्चा घोषणा गरेका छन्।

सत्ताको खेलका कारण अशोक राई नेतृत्वमा जसपा नेपाल विभाजित भएको निष्कर्षसमेत उनीहरूको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077