Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशी सरकारविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा

काठमाडौं । कोशी सरकार गठनविरुद्ध दायर भएको रिटको पेशी न्यायाधीश हरि फुयालको इजलासमा तोकिएको छ ।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले बिहीबार रिट दायर गरेका थिए ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यस विरुद्ध कांग्रेसका तर्फबाट केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न कांग्रेसले रिट निवेदनमा माग गरेको छ ।

हिक्मत कार्कीले बिहीबारै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनलाई समर्थन गर्ने प्रदेशसभा सदस्यको सनाखत गराई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077