Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - संसद्‌को अवरोध कायमै राख्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद्‌को अवरोध कायमै राख्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

बैठकमा महामन्त्री थापाले आजको संसद् बैठकमा रवि लामिछानेलाई बोल्न दिएर बाँकी कामकारबाहीमा अवरोध गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

महामन्त्री थापाले भने,‘रवि लामिछानेका बारेमा हामीले उठाएको मुद्दा ठीक छ । घटनाक्रमहरुले पनि त्यसलाई पुष्टि गरेका छन् । रविजीलाई आज बोल्न दिनुपर्छ तर उहाँले बोलिसकेपछि संसद्का अरु कुनै पनि गतिविधि अघि बढ्न नदिने हाम्रो नीति हुनुपर्छ ।’

संसद्‌मा रविलाई बोल्न नदिँदा कांग्रेसले बोल्नै दिएन भनेर जनमानसमा गलत सन्देश गएको उनले बताए । बैठकमा केही सांसदहरुले रविलाई संसद्‌मा बोल्नै दिन नहुने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077