Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन गरिएको छ ।

प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएपछि अध्यक्ष नारायण दाहालले १५ मिटेनका लागि बैठक स्थगन गरेका हुन् ।

सभाको पहिलो बैठकमा वर्षे अधिवेशन आरम्भ भएका अवसरमा दलीय आधारमा सांसदहरूले बोल्नेक्रम सकिएपछि प्रतिपक्षीले विरोध गर्ने चेतावनी दिएको थियो ।

विपक्षी सांसदको अवरोध कायमै रहेपछि अध्यक्ष दाहालले यही जेठ १ गते मंगगलबार अपराह्न ५ः३० बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

वचतकर्ताले सहकारीमा जम्मा गरेको रकम हिनामिना, अपचलन र दुरूपयोग भएको तथ्य नेपालीको चासो, चिन्ताको विषय भएकाले उपप्रधान तथा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग कांग्रेस राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077