Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल भएको छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरु एमालेसँग मिलेर अहिले सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन्।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सरकार निर्माणमा एमाले कांग्रेस मिल्ने सम्भावना नरहेको बताए।

महामन्त्री थापाले भने,‘हामी कुनै पनि सरकार परिवर्तनको खेलमा छैनौं।  हामी अहिले एमालेसँग मिलेर सरकार बनाउनुपर्छ कांग्रेस एमाले मिल्नुपर्छ भन्ने कुनै पक्षमा छैनौं। हामीलाई त्यतातिर कुनै चासो छैन अहिले।’

उनले एमालेसँग संविधान कार्यान्वयन निर्वाचन प्रणाली, संघीयता कार्यान्वयन लगायतको विषयमा छलफल हुनसक्ने बताए।

महामन्त्री थापाले अहिले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन समिति बनाएपनि गृहमन्त्रीको राजीनामा नमाग्ने प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077