Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबीसँग मिलेर रवि लामिछानेले सहकारीको करौडौं रकम अपचलन गरे : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको रबैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल भएको बताएका छन् ।

बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्रीले तत्काल गम्भीर भएर सहकारीका बचत रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे।

महामन्त्री थापाले भने, ‘जीबी राईसँग मिलेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले थुप्रै सहकारीको गोरखा मिडिया नेटवर्क लगायतको संस्था प्रयोग गरेर करौडौं रकम अपचलन र ठगी गरेको भन्ने हाम्रो दाबी छ। कुनै द्विविधा छैन, तथ्य प्रमाणका कुरा निस्किएका छन्, तथ्य प्रमाण खोज्न कहि जानुपर्दैन।’

महामन्त्री थापाले मुठभेटबाट क्षति सरकारलाई नै हुने उल्लेख गरे। उनले बचतकर्ता रकम फिर्ताको प्रतिक्षामा रहेकाले धैर्यताको बाँध फुट्दा अप्रिय घटना घट्ने चेतावनी दिए।

 

महामन्त्री थापाले चटके कुरा गर्न छाड्न र खेलाची नगर्न आग्रह गरे। महामन्त्री थापाले सरकारी अड्डामा गएर प्रमाण केलाउन आग्रह गरे।

संसदबाट छानबिन समिति गठन गरेर संसद सुचारु गराउन उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077