Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री थापाले भने - समिति गठन नभए सरकारका कुनै पनि काम अगाडि बढ्न दिँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा संसदीय छानबिन समिति नबन्दासम्म सरकारका कुनै पनि काम अगाडि बढ्न नदिने बताएका छन् ।

बूढानीलकण्ठमा शनिवार बसेको पदाधिकारी बैठकपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले भने,'संसदीय समिति नबन्दासम्म नीति तथा कार्यक्रम मात्रै होइन, सरकारका कुनै पनि काम कारबाही अगाडि बढ्न सक्दैनन् । संसद् चल्न दिनेरनदिने भन्ने विषयमा छलफल भएको होइन, सशक्त कसरी बनाउने भन्ने विषयमा छलफल भएको हो ।'

सरकार संसदीय समिति नबनाइ जबरजस्ती अघि बढ्न खोजेको बैठकको निष्कर्ष रहेको महामन्त्री थापाले बताए।​​​​​ यसबारे संसदीय दलको बैठकमा थप छलफल हुने उनले जानकारी दिए ।

सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको समेत संलग्नताको रहेको भन्दै कांग्रेसले निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077