Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदको गतिरोध अन्त्य गर्न कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफलका लागि नेपाली कांग्रेसलाई बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्य गर्न छलफलका लागि बिहान ९ बजे कांग्रेसलाई बोलाएका हुन् । सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।

तर, नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले कांग्रेसलाई बोलाएको बताइएको छ ।

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077