Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कानूनमन्त्री र दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले कानूनमन्त्री र दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् ।

सिंहदरबारस्थित कार्यकक्षमा आइतबार दिउँसो सभामुखले कानूनमन्त्री पदम गिरी र प्रमुख सचेतकहरूसँग छलफल थालेका हुन् । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्।

नीति तथा कार्यक्रम तयारीलगायत विषयमा सभामुखले मन्त्री र सचेतकहरूसँग छलफल गरेका हुन्।

यही जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077