Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस सरकारबाट बाहिरिने एमाले र माओवादीको तयारी

जनकपुर । मधेस प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्रले बाहिरिने तयारी थालेका छन् ।

दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी थालेका हुन् । मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् ।

नेपाली कांग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने सरकार बाहिर छन् ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन् ।

यो संख्या नयाँ सरकार गठनका लागि आवश्यक बहुमत हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077