Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब १ बजे नदीमा नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउदको डुबेका थिए।

उनीहरूलाई उद्धार गरेर उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

साउदलाई त्यहाँबाट थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो।

साँउदलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077