Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट पाँच किलो सुन बरामद, दुईजना भारतीय नागरिक  पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुईजना भारतीय नागरिक  पक्राउ परेका छन् । 

विमानस्थल प्रहरी कार्यालय स्रोतका अनुसार फ्लाई दुबईबाट आइतबार साँझ  पौने ७ बजे आएका भारतीय नागरिक  सुरेश कुमार र  मोहन कुमार गणेशन पक्राउ परेका हुन् ।

उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा पक्राउ परेको बताइएको छ ।

उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077