Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माधव नेपालको राजनीतिक प्रतिवदेन - वर्तमान सत्ता गठबन्धन फेरबदल हुनसक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सत्ता गठबन्धन फेरबदल हुन सक्ने बताएका छन् ।

पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष नेपालले सो कुरा प्रस्तुत गरेका हुन् । उनले वर्तमान सत्ता गठबन्धनको भविष्य बदलिन पनि सक्ने उल्लेख गरे।

अध्यक्ष नेपालले यो समीकरण वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि बनाइएको र यो दीर्घकालीन नभएको बताएका छन्।

अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ,‘यो समीकरण वर्तमान संसदको संरचना अनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो। यो दीर्घकालीन होइन तात्कालिक राजनीतिक सहकार्य मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तात्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ।’

उनले वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्न एउटा बलियो कम्युनिष्ट शक्तिको आश्यकता रहेको बताएका छन्।

माओवादी केन्द्र, जसपा लगायत दलहरूको व्यहारका कारण कम्युनिष्ट एकताको सम्भावना नदेखिएको अध्यक्ष नेपालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077