Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेश सांसद निर्मला अशोक राई नेतृत्वको जसपामा

विराटनगर । जनता समाजवादी पार्टी नेपालकी कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बू अशोक राईले नेतृत्व गरेको जसपामा खुलेकी छन्।

लिम्बूले कोशी प्रदेश निर्वाचन कार्यालयमा गएर आफू नवगठित जसपाको सदस्य रहेको निवेदन दिएकी हुन्।

कोशी प्रदेशमा जसपा नेपालको एकमात्रै सदस्य रहेकी लिम्बूले सोमबार मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिएकी थिइन्।

जसपा नेपाल विभाजित भएपछि निर्वाचन आयोगले यस पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफू रहन चाहेको पार्टी कुन हो २१ दिनभित्र सनाखत गर्न आग्रह गरेको थियो।

यसअघि लुम्बिनी प्रदेशका दुई जना सांसद राई नेतृत्वको जसपामा खुलेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077