Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ।

मंगलबार अपराह्न बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो।

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए।

उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', अर्थमन्त्री वर्षमान पुन, सञ्चार मन्त्री रेखा शर्मा र कानुन मन्त्री पदम गिरी सहभागी छन्।

यसअघि मंगलबार अपराह्न बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको हो। उक्त बैठक कांग्रेसले अवरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077