Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता, संसद्‍को गतिरोध अन्त्य गर्न छलफल

काठमाडौं । संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। सो विषयमा छलफल गर्न बुधबार बिहान सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गरेकाले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख घिमिरेले गम्भीर रुपमा लिएका छन् । घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सरकारले पहल गर्नुपर्ने बताएका छन्।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको र सतापक्ष/प्रतिपक्षसँग छलफल गरेर चाडै निकास निकाल्ने बताए।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै मंगलबार बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077