Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभ्रेबाट पक्राउ परे पार्किङ गरेका गाडी चोरी गर्ने गौतम

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारीसाधन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भई हाल ललितपुरको सानेपा बस्दै आएका गणेशबहादुर गौतम छन् ।

उनले बा १४ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडी श्रङ्खलाबद्ध रुपमा चोरी गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

गौतमले गाडी चोरी गरेपछि ब्याट्री झिकेर बेवारिसे अवस्थामा छाडेर जाने गरेका थिए । प्रहरीका अनुसार गौतमले नैकाप र सतुंगलमा दुई वटा पिकअप गाडी छाडेका थिए ।

यस्तै, बा ७ च ७७० नम्बरको पिकअप गाडी धादिङको खानीखोलामा छाडेर भागेका प्रहरीले जनाएको छ ।

खोजतलासका क्रममा गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा काभ्रेको भुम्लु गाउँपालिकास्थित दोलालघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077