Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकैपटक पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो, डिजेल र मट्टितेलमा कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।

यसअघि पेट्रोल प्रतिलिटर १७८ र डिजेल/मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो ।

अब पेट्रोल उपत्यकामा १७१ र डिजेल/मट्टितेल लिटरको १५४ रुपैयाँ पर्ने निगमका प्रवक्ता मनोज ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077