Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची पनि छ।

त्यस्तै राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति पौडेलबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

आजै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० सभा समक्ष पेस गर्ने पनि कार्यसूची रहेको छ।

विधायन व्यवस्थापन समितिका माननीय सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। तर तर बैठक बोलाइए पनि राष्ट्रियसभा चल्ने/नचल्ने निश्चित छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077