Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभाको बैठकमा अवरोध गर्ने कांग्रेसको तयारी

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभाको बैठकमा अवरोध गर्ने भएको छ ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक कांग्रेसले चल्न नदिने भएको हो ।

सोडारीले विश्वासको मत लिन प्रदेश सभाको बैठक केहिबेरमा बस्दैछ । मुख्यमन्त्री सोडारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेसले अवरोध गर्न लागेको छ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा २ वैशाखमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नाउपाकै कैलाश चौधरीको पनि दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन:सरकार गठनका लागि आह्वान गर्दै सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सोडारीको नियुक्ति र प्रदेश प्रमुखको निर्णयविरूद्व लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077