Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरीबन्धु टी-स्टेटको जग्गा ओलीले बेचेका हुन् : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी-स्टेट्को जग्गा बिक्री कांग्रेसको पालामा नभएको बताएका छन्।

काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले गिरीबन्धु टीस्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको दाबी गरे ।

सभापति देउवाले भने,‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टिइस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’

सभापति देउवाले अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेट्काे निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।

उनले त्यसबेला गिरिजाप्रसाद कोइराला र आफू प्रधानमन्त्री बनेको भन्दै गिरीबन्धुबारे केही निर्णय नभएको पनि बताए। सभापति देउवाले गलत कुरा केपी ओली सरहको नेताले भन्न नसुहाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077