Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

कोदालो प्रहार गरी एक जनाको हत्या

सिरहा । जग्गा विवादमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीका ५३ वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको हो ।

खेतमा खर लिन ट्याक्टर लिएर खेतमा पुगेका बेला स्थानीय बचाई महतोले कोदालो प्रहार गरेका थिए ।

बुधरामको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ । बचाई महतो भने फरार रहेका छन् ।

प्रहरीका अनुसार मृतक बुधराम र बचाईबीच लामोसमयदेखि खेतको साँधसिमानाको विवाद थियो ।

बुधराम बिहीबार बिहानै केही भद्रभलादमीलाई लिएर ट्याक्टरसहित खेतमा पुगेका थिए ।

त्यही क्रममा बचाई पुगेपछि विवाद भएको थियो ।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल सिरहा लगिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077