Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्रीलाई बोल्न दिने सहमति प्रतिपक्षी दलले भाँडेको सरकारका प्रवक्ता शर्माको आरोप

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका मन्त्रीहरू बस्ने स्थानमा प्रतिपक्षी दलका सांसदहरू छिर्नु गैरसंसदीय अभ्यास भएको बताएकी छिन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । उनले प्रमुख प्रतिपक्षी जिम्मेवार नदेखिएको आरोप लगाइन् ।

उनले भनिन्, 'सरकार भिड्ने स्थितिमा छैन। प्रतिपक्षी दल जिम्मेवार नदेखिएको हो। प्रतिपक्षी दलका सांसदहरू सरकारको रो (मन्त्री बस्ने लाइन) मा छिर्नु गलत हो। यो गैरसंसदीय अभ्यास भयो। उहाँहरू सच्चिनुपर्छ ।'

उनले गृहमन्त्रीलाई बोल्न दिइने सहमति भए पनि प्रतिपक्षी दलले अन्त्यमा भाँडेको आरोप लगाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077