Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केपी ओलीलाई गगनको चेतावनी - हामी तपाईंका कार्यकर्ता होइनौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरूलाई नेकपा एमालेका कार्यकर्ता नसम्झिन चेतावनी दिएका छन् ।

बिहीबार साँझ संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी उनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो चेतावनी दिएका हुन् । उनले आफूहरूलाई नअह्राउन चेतावनी दिए ।

उनले भने, “एमालेका अध्यक्ष एउटा कुरामा झुक्किनुभयो जस्तो लाग्यो । उहाँले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्यो । एमालेका सांसदलाई उहाँको कुरा हो । हप्काउने, धम्काउने, तर्साउने, उठबस गराउने उहाँले त्यो अधिकार पनि राख्नुहुन्छ होला ।

उहाँहरूको सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांग्रेस पार्टीका बारेमा पनि नसोच्नुहोला । सांसदका बारेमा पनि नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौँ । तपाईंले हामीलाई अह्राउने होइन ।”

उनले ओलीले सदनमा मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077