Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रौतहटमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते

रौतहट । रौतहटको लच्का नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

रौतहटको चन्द्रपुर–२ स्थित पूर्वपश्चिम राजमार्गको लच्का नजिकै शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका हुन् ।

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बसका चालक समेत घाइते छन्।

जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटनामा परेको थियो ।

बस दुर्घटनाको कारणबारे चालकसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077