Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङमा बस दुर्घटना हुँदा १३ जना घाइते

दाङ । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

तुलसीपुर खण्डअन्तर्गत बेलझुण्डीमा शुक्रबार तुलसीपुरबाट काठमाडौं हिँडेको प्रदेश ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटनामा परेको हो ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077