Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रको प्रवक्ताको जिम्मेवारी डीआईजी न्यौपानेलाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेलाई दिइएको छ ।

सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौं आएका न्यौपानेलाई शुक्रबार प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

उनलाई शुक्रबार प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी आफूलाई तोकिएको न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077