Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समिति बनाउँदा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त

काठमाडौं । ​​​सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार भएका छन्।

बालुवाटारमा नेपाली कांग्रेससँग भएको छलफलमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्रीले आफू तयार रहेको बताएका हुन् ।

कांग्रेसले छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने शर्त अगाडी सारेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहित, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र लेखक सहभागी थिए ।

कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका थिए।

यसअघि हिजो तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो ।

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

माग पूरा नभएसम्म संसद् चल्न नदिने कांग्रेसको अडान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077