Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद् सधैं बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले जनताको प्रतिनिधिको थलो संसद अब बन्धक बन्न नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रूपमा रहेको संसद् सधैं बन्धक बन्न नसक्ने बताए।

सभामुख घिमिरेले सहजरूपमा सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको उनको भनाइ छ।

अहिलेको अवस्थामा संसद अवरोध भए अध्यादेशबाट निर्णय लिनुपर्ने अवस्था आउने भएकाले त्यसलाई हेक्का राख्न उनले सुझाव दिए।

सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्वाधरूपमा सञ्चालन हुनुपर्ने बताए।

सभामुख घिमिरेले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्था संघमा देखिएको र त्यसको असर प्रदेशमा देखिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077