Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेलको प्रश्न - कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरेको हो ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेस बेचैन भएको बताएका छन् ।

कांग्रेसले वेलघेराउ गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिंदै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री प्रचण्डले संविधानअनुसार विश्वासको मत लिन खोज्दा विरोध गरेर कस्तो लोकतन्त्रको अभ्यास गरेको भन्दै कांग्रेसलाई प्रश्न गरे।

पौडेलले सरकार परिवर्तनको कोसिस असफल भएपछि कांग्रेसले बेचैनी प्रकट गरेको बताए ।

उपाध्यक्ष पौडेलले भने,'कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ? यो कस्तो लोकतन्त्रको अभ्यास हो ? तपाईंहरुले नाराबाजी र वेल घेराउ गर्नुभएको छ । तर प्रधानमन्त्रीलाई दर्‍हो साथ हुनेछ । यो प्रतिनिधिसभाले निर्वाचित सरकारले पूरा कार्यकाल पुरा गर्नेछ ।'

उनले प्रतिनिधि सभा सरकार परिवर्तनमा होइन, यो सरकारलाई अझ धेरै पहल दिन चाहन्छ भन्ने घटनाक्रमले पुष्टि गरेको बताए। उनले प्रधानमन्त्रीमाथि सदनको झन् ठूलो विश्वास रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077