Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपमहासचिव पोखरेल भन्छन् - शिक्षकले राजनीति नगरौँ

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताएका छन् ।

आज बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसहासचिव पोखरेलले शिक्षकहरूले पढाउन छोडेर कुनै दलको कार्यकर्ता भएर राजनीति गर्न नहुने बताएका हुन्।

उनले भने, “शिक्षकले राजनीति गर्ने हैन, पार्टीलाई सल्लाह सुझाव दिन सक्छन्, पढाउने समयबाहेक अन्य समय पार्टीलाई दिन सक्छन् तर झन्डा बोकेर चुनावै लड्न शिक्षाको नैतिकताले दिँदैन, गर्नु पनि हुँदैन ।”

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका विषयमा स्थायी समितिको बैठकमा विशेष छलफल भइसकेको बताए । उनले अबका दिनमा यस्ता गल्ती नदोहो-याउने निर्णय भएको प्रस्ट पारे । उनले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई बनाउने निर्णय भएको समेत जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077