Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णालीका नवनियुक्त मन्त्री विनोदकुमार शाहले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले शपथ ग्रहण गरेका छन् ।

बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहलाई शपथ ग्रहण गराएका हुन्।

उनलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री शाहले वैशाख १८ गते शपथ ग्रहण बहिष्कार गरेका थिए ।

मुख्यमन्त्री यामलाल  कँडेलले १८ वैशाखमा एमालेबाट ३ र सत्तारुढ दल माओवादी केन्द्रबाट ३ गरी ६ जना मन्त्री नियुक्त गरेका थिए ।

तर, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएका एमाले नेता शाहले कँडेलले एकलौटी गरेको र पार्टी केन्द्रको निर्देशन विपरीत आफूलाई सामान्य मन्त्रालय दिएको भन्दै शपथ बहिष्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077