Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा

एजेन्सी । बेलायतमा आउँदो जुलाई ४ मा आम निर्वाचन हुने भएको छ ।

प्रधानमन्त्री ऋषि सुनकले बुधबार जुलाई ४ मा आम निर्वाचन घोषणा गरेका हुन् ।

आउँदो शरद ऋतुमा आम निर्वाचन हुने आमअपेक्षा विपरीत प्रधानमन्त्रीले चाँडै निर्वाचन गराउन लागेका हुन् ।

निर्वाचन घोषणा भएकाले अब बेलायतको संसद भोलिदेखि नै निलम्बनमा पर्नेछ । यद्यपि, संसद्को औपचारिक अन्त्य भने आउँदो बिहीबारबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077