Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए।

उनलाई बिएन्डबी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

ठक्कर दिने गाडीबारे खुलिसकेको छैन। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077