Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा

काठमाडौं । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार  (टीओआर) तय गर्न कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ।

बैठक केही बेरअघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरू भएको हो।

बैठकमा कार्यदलका संयोजक कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दलका सांसद जीवन परियार सहभागी छन्।

त्यस्तै कांग्रेसकै सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल पनि बैठकमा छन्।

कानून मन्त्रालयमा जारी बैठकमा गतिरोध अन्त्य गर्नेबारे छलफल हुने बताइएको छ ।

बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरुमा एउटा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुंगो लाग्ने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ । कांग्रेसले लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077