Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट भेटी चोरी गरेर सङ्कलन गरेकै ठाउँबाट छ लाख रुपियाँ बरामद गरिएको हो  । घरको तलासी लिँदा नगद बरामद भएको उनले बताए ।

जेठ ७ गते नासु ढोडारीसहित आठ जनालाई नियन्त्रणमा लिए पनि पाँच जनामाथि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जेठ ८ गते म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077