Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदीय छानबिन कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन बसेको बैठक बिनानिष्कर्ष टु‌ङगिएको छ।

आज सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

कार्यदलमा टिओआर के बनाउने विषयमा सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए ।

बर्तौलाकाअनुसार कांग्रेसले गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077