Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विद्यालय भवन निर्माणमा आठ लाख ५१ हजार भ्रष्टाचार, प्रधानाध्यापकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पलाँता गाउँपालिका–१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, सिभिल इन्जिनियर माधवकुमार भट्ट, असिस्टेन्ट सवइन्जिनियर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, समितिको भूपू अध्यक्ष सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

मुद्दा चलाइएका व्यक्तिउपर विद्यालय व्यवस्थापन समितिसँग मिलेमतो गरी, निर्धारित मापदण्ड र शर्त विपरीत निर्माण कार्य गरी गराई इस्टिमेटअनुसार काम नै नभएको योजनामा काम गरेभन्दा आठ लाख ५१ हजार तीन सय ९२ रुपैयाँ ६९ पैसा बढी रकम भुक्तानी गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077