Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमाले उपाध्यक्ष पौडेल भन्छन् - कांग्रेसको भाग्यमा २०८४ सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ

चितवन। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन चुनावसम्मै जाने दाबी गरेका छन् ।

नेकपा एमालेको ११ औं चितवन जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताए।

उपाध्यक्ष पौडेलले भने,‘कांग्रेस सधै सत्तामा रहँदा निर्वाचनमा गएको छ। एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ। यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ । यो गठबन्धन चुनावसम्मै जान्छ।’

उपाध्यक्ष पौडेलले वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको बताए। तर यो समीकरणलाई तोड्न नदिइने बताए।

उपाध्यक्ष पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी गरे।

कांग्रेसले बहुमतलाई बन्धक बनाएर संसदलाई अवरोध गरेको भन्दै संसद चलाउन सहमत नभए व्यवधान पन्छाएर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077