Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले विपक्षी र मिडियालाई नियन्त्रण गर्न खोज्दैछ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विपक्षी र मिडियामाथि सरकारको रवैया निरंकुशताउन्मुख रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् ।

सत्ता गठबन्धन अनुदारवादी रहेको महामन्त्री थापाले आरोप लगाए।

प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र भएको भन्दै महामन्त्री थापाले भने, प्रेसले प्रश्न उठाउन छोड्यो भने त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्‍यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने, यो प्रयोग भइरहेको छ।’

सत्ताको रबैया निरंकुशताउन्मुख भएकोले आज प्रदर्शनीमार्गमा विरोध सभा गर्न लागिएको महामन्त्री थापाको भनाई छ।

महामन्त्री थापाले बिस्तारै बिस्तारै हामीले प्राप्त गरेको उपलब्धि गुमाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077