Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

चितवन दुर्घटना : घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

चारवटा गाडी ठोक्किएर भएको दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका राजन सुवेदीको मृत्यु भएको हो।

उनको उपचारका क्रममा सोमबार बिहान साढे ८:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको किशोरको पनि परिचय खुलेको छ। मृतक प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन छन्।

बाँकी २१ घाइतेहरूको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गएराति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौंबाट प्यूठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौंबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077