Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सहकारी ठगीमा सत्तापक्षले प्रतिपक्षीको कुरा सुन्नै चाहेन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्तापक्षले प्रतिपक्षीको कुरा सुन्न नचाहेको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

कांग्रेसलाई कुनै पनि दलले संसदीय व्यवस्थाबारे सिकाउन जरूरी नभएको नेता कोइरालाको भनाई छ ।

उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको बताए। कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कोइरालाले कांग्रेसले जनताका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।

नेता कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप समेत लगाए ।

उनले सरकार मुकदर्शक बनेपछि कांग्रेसले जनताको समस्या सडक र सदनमा उठाएको बताए ।

नेता कोइरालाले छिटोभन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077