Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टीओआरमा सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन बसेको सत्तापक्ष र नेपाली कांग्रेसबीचको बैठक विना निष्कर्ष टुङ्गिएको छ ।

सदनको गतिरोध अन्त्य र कार्यादेश र क्षेत्राधिकारको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए ।

तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

छानबिन समितिको कार्यादेशमा कांग्रेसले राखेको प्रस्तावमा सत्ता गठबन्धनकै एमाले र रास्वपा सकारात्मक नदेखिएपछि सहमति नहुन नसकेको कांग्रेसका नेताहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077